राजनीति

राप्रपामा अध्यक्षमा बाहेक भोटिङ मेशिन प्रयोग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते २०:५३
राप्रपामा अध्यक्षमा बाहेक भोटिङ मेशिन प्रयोग (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेतृत्व चयनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने भएको छ। उपाध्यक्ष, महामन्त्रीसहित १ सय ४८ पदमा विद्युतीय भोटिङ मेसिनको प्रयोग हुनेछ । तर, अध्यक्षका लागि भने मतपत्रकै प्रयोग गर्ने निर्वाचन समितिको तयारी छ ।

राप्रपाको १ सय ९९ सदस्यी केन्द्रीय कार्यसमिति मध्ये १४९ जना चयनका लागि शनिबार बिहान ८ बजेदेखि मतदान हुँदैछ । बाँकी ५० पदमा नवनिर्वाचित अध्यक्षले मनोनित गर्नेछन् ।

शनिबार हुने निर्वाचनका लागि अध्यक्ष बाहेकका अन्य पदमा विद्युतीय भोटिङको प्रयोग हुनेछ । अध्यक्षमा भने मतपत्र मार्फत नै मतदान गरिने निर्वाचन समितिले जनाएको छ। अध्यक्षको मतगणना गर्न सहज हुने भएकाले एक पदमा मात्र मतपत्रको प्रयोग गरिएको जानकारी दिइएको छ।

विद्युतीय मतदानका लागि एक जनालाई १० देखि १५ मिनेटको समय लाग्ने अनुमान छ । राप्रपामा ४ हजार ३ सय ८१ जना महाधिवेशन प्रतिनिधिहरु छन् । मतदानका लागि एक सय वटा मेसिनको प्रयोग गरिने छ। प्रतिनिधिहरुलाई मतदानबारे जानकारी दिन शुक्रबारबाटै पूर्वअभ्यास गराइएको छ।

यसअघिको एमालेको महाधिवेशनमा पनि नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनकै प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्