Main News

कक्षा १२ काे नतिजा : संख्या धेरै, गुणस्तरमा प्रश्न (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १७ गते २०:४३
कक्षा १२ काे नतिजा : संख्या धेरै, गुणस्तरमा प्रश्न (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय परिक्षा बोर्डले भदौ १८ देखि असोज ८ गतेसम्म संचालन भएको कक्षा १२ को परिक्षाफल आज प्रकाशन गरेको छ । सात हजार ६३ जना परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् ।

‘ए’ जीपीए ल्याउने परीक्षार्थीको संख्या ४० हजार २ सय ३९ छ । नेपालमा ग्रेड प्रणालीमा नतिजा प्रकाशन हुन थाले पछि कोहि विद्यार्थी फेल हुनु पर्दैन्, बाहिर सबै विद्यार्थी पास भए भनिएको छ । यसले पास हुनेको संख्या मात्रै बढी हुने तर दक्ष जनशक्ति उत्पादनमा भने प्रश्न कायमै छ ।

पौने चार लाख परीक्षार्थी सामेल कक्षा १२ को परीक्षामा सबै विद्यार्थी पास भए । विद्यार्थीको मनोवल र प्रतिस्पर्धात्मक क्षमता बढाउन भनेर शुरु गरिएको ग्रेड सिस्टममा कोही पनि विद्यार्थी अनुतीर्ण नहुनु यसको राम्रो पक्ष हो ।

नेपालमा कक्षा १० को नतिजा प्रकाशनबाट शुरु भएको यो प्रणाली कक्षा १२ हुँदै अन्य तहमा पनि लागू गर्न थालिएको छ । विश्वमै प्रयोगमा रहेको ग्रेड सिस्टमले ल्याउने गुणस्तरलाई लिएर नेपालमा भने विभिन्न आशंका जन्माएको छ । ग्रेड सिस्टम वैज्ञानिक नभएकाले यसप्रति विश्वस्त हुन नसकिएको हो ।

नतिजालाई नयाँ पद्धतिमा लगिए पनि शिक्षा प्रणाली भने पुरानै शैलीको छ । यसले गुणस्तरमा सुधार नआउने शिक्षाविद्को तर्क छ ।

पठनपाठनको पुरानै शैली तर मूल्याङ्नमा मात्रै आएको नयाँ पद्धतिले ग्रेडिङ सिस्टमलाई गिज्याइरहेको छ । ग्रेड आफैंमा प्रष्ट नहुँदा पनि अन्यौल भएको छ । त्यसमाथि ग्रेडलाई नम्बरमा रुपान्तरण गरेर मूल्यांकन गर्ने प्रवृत्ति विद्यार्थी अभिभावक र शैक्षिक संस्थामा कायमै छ ।

कक्षा १२ को नतिजामा डी आएको अवस्थामा विश्वविद्यालयले तोकेको विषय मात्र अध्ययन गर्नु पर्ने बाध्याताका कारण पनि यसको प्रभावकारितामा प्रश्न उठ्ने गरेको छ । राज्यले नै दिएको प्रमाणपत्रमा बाध्यात्मक परिस्थिति सृजना गरिनुले प्रणालीकै अपमान भएको छ ।

परीक्षा मूल्याङ्कन प्रणाली फेरेको शिक्षा आयोगले पठनपाठनको शैली परिवर्तनतर्फ पनि ध्यान दिनु आवश्यक छ । उतीर्ण भएका विद्यार्थीको जमात मात्रै ठूलो देखिदा भविष्यमा देशमा दक्ष जनशक्तिको अभाव खड्किने प्रष्ट छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *