Main News

पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माण पूरा

हिमालय टिभी
२०७८ मंसिर १७ गते १८:५४
पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माण पूरा

१७ मंसिर २०७८ काठमाडौं । ऐतिहासिक तथा पूरातात्विक महत्वको सम्पदा काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ ।

काष्ठमण्डप पुनर्निर्माण समितिले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी काष्ठमण्डप पुनर्निर्माणको काम सकिएको घोषणा गरेको हो ।

काष्ठमण्डप बनाउन देशका विभिन्न स्थानबाट ल्याइएको काठ प्रयोग गरिएको समितिका अध्यक्ष तथा बागमती प्रदेशका सांसद राजेश शाक्यले बताउनुभयो ।

काष्ठमण्डपको बीचमा रहेको गोरखनाथको प्रस्तर मूर्ति नयाँ निर्माण गरिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणका लागि विभिन्न निकायबाट ११ करोड ५० लाख अनुदान सहायता प्राप्त भएको थियो । जसमध्ये ११ करोड ३९ लाख खर्च भएको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *