Main News

राप्रपाको एकता महाधिवेशनमा आज मतदाता नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन हुने

हिमालय टिभी
२०७८ मंसिर १६ गते ८:४९
राप्रपाको एकता महाधिवेशनमा आज मतदाता नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन हुने

१६ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा आज मतदाता नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन हुने छ ।

आज मतदाता नामावली प्रकाशन तथा उम्मेदवारको मनोनयन हुने महाधिवेशन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार त्यसअघि विभिन्न कार्यपत्रमाथि छलफल हुनेछ ।

महाधिवेशनमा हिजो बेलुकी बन्दसत्र शुरु भएको छ । हिजो काठमाडौँको भृकुटीमण्डपमा एक समारोहकाबीच उदघाटन गरिएको महाधिवेशनमा भाग लिन देशभरबाट ४ हजार ३ सय ८५ प्रतिनिधि सहभागी भएको राप्रपाका प्रचार संयोजक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

महाधिवेशनबाट यस पटक अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले आकंक्षा देखाउनुभएको छ । लिङ्देनले यसअघि नै अध्यक्षमा आफ्नो उम्मेद्वारी रहने बताइसक्नुभएको छ भने थापाले पनि उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ ।

राप्रपाको संशोधित विधानअनुसार केन्द्रीय समिति १ सय ९९ सदस्यीय हुनेछ । १ सय ९९ जनाको कार्यसमितिमा १ सय ४९ निर्वाचनबाटै चुनिने छन् । तर, महाधिवेशनमार्फत भने राप्रपाले १ सय ४९ जनालाई मात्रै निर्वाचनमार्फत केन्द्रीय समितिमा चयन गर्नेछ ।

राप्रपा विधानमा ७५ प्रतिशत पदाधिकारी निर्वाचनबाट चुनिनेगरी विधान संशोधन गरिएको हो । राप्रपा विधानमा केन्द्रीय समितिमा अध्यक्ष, ६ जना उपाध्यक्ष, ६ महामन्त्री, एक जना कोषाध्यक्ष, प्रवक्ताहरू, सात जना सहमहामन्त्री, सात जना सहायक महामन्त्री र एक जना सहायक कोषाध्यक्षसहित १ सय ९९ सदस्यीय कार्यसमिति हुने उल्लेख छ ।

जसमध्ये अध्यक्ष, एक महिलासहित तीन जना उपाध्यक्ष, एक महिलासहित तीन महामन्त्री निर्वाचनबाट चयन हुने नेता श्रेष्ठले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *