Main News

राप्रपा महाधिवेशनको उद्घाटनमा जे देखियो…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते २०:३२
राप्रपा महाधिवेशनको उद्घाटनमा जे देखियो…(भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन तामझामका साथ शुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटनमा विभिन्न परिदृश्य देखियो ।

भृकुटी मण्डपमा उद्घाटन समारोह शुरु हुनुअघि काठमाडौंका विभिन्न भागबाट जुलुश सुरु भएको थियो । यी जुलुश भृकुटीमण्डपमा पुगे ।

जुलुशमा नारा थिएन । तर मंसिर झल्काउने पञ्चेबाजा थियो । सांस्कृतिक झाँकी थियो ।

झाँकीसहितका जुलुश भृकुटीमन्डपमा पुगेसँगै सहभागीलाई पन्चकन्याले स्वागत गरे । जुलुश आउँदै क्रम रोकिएकै थिएन । उद्घाटन समारोह शुरु भयो ।

स्वस्ति बाचन गरेर महाधिवेशनको उद्घाटन गरियो । उद्घटान समारोहमा हलो अंकति पार्टीको झण्डा भन्दा धेरै नेपालको राष्ट्रिय झन्डा देखिन्थ्यो।

कार्यक्रममा अतिथिहरुलाई दुबोको मालाले स्वागत गरिएको थियो । दुबोको मालामा सजिएका नेताहरु दुलाहा झैँ देखिएका थिए ।

कार्यक्रमस्थलमा पृथ्वीनारायण शाहको लोगो सहितको ब्याज किन्ने र लगाउनेको भिड थियो । महाधिवेशन स्थलमा पुगेकाहरुले आफ्नो जात जाति र धर्म संस्कृति झल्काउने पहिरन लगाएका थिए ।

लिम्बु समुदाय आफ्नै पहिरनमा थिए । थारु समुदायका महिलाहरु पनि आफ्नै पहिरनमा सजिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *