Main News

कोरोनाको नयाँ प्रकारः ओमिक्रोन आतंक, नेपालले के गर्नुपर्ला ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १५ गते १८:१०
कोरोनाको नयाँ प्रकारः ओमिक्रोन आतंक, नेपालले के गर्नुपर्ला ? (भिडियो रिपोर्टसहित)

१५ मंसिर २०७८ काठमाडौं । अफ्रिकी मुलुकमा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण यतिबेला विश्व नै तरंगित छ । नयाँ भेरियन्ट खतरनाक छ, छैन त्यो पुष्टि हुनै बाँकी छ । यस्तो अवस्थामा नेपालले के गर्नूपर्ला ?

फ्रिकी देशमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै नेपालले अफ्रिकी देशबाट आउनेहरुलाई अनअराइभल भिसा रोकेर, नेपालमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई कम गर्ने तयारी थालिसकेको छ ।

विभिन्न देशमा ओमिक्रोन फेला परेपछि प्रतिबन्ध लगाउन शुरु भएको छ । छिमेकी भारतमा पनि संक्रमितमा ओमिक्रोन भाइरस देखा परिसकेको छ । नेपालमा ओमिक्रोन पुष्टि भैसकेको छैन । यो भेरियन्ट कत्तिको खतरनाक छ भन्ने अध्ययनकै क्रममा छ । तर पनि सावधानी अपनाउनुपर्नेमा विश्व स्वास्थ्य संगठनको जोड छ ।

संक्रामक रोग विज्ञहरु पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनले, डेल्टा भेरियन्ट जस्तै धेरैलाई संक्रमित बनाउने आकंलन गरिरहेका छन् ।

दक्षिण अफ्रिकामा पत्ता लागेको यो भेरियन्ट खाउतेङ प्रान्तमा विगत दुई सातामा धेरै व्यक्तिमा देखिएको थियो । विश्वभर नै तीब्रताका साथ फैलिएको भाइरस नेपाल भित्रन नदिन सरकारको तयारी कस्तो हुनुपर्छ ?

कोरोनाका कारण विश्वका ५० लाख व्यक्तिले ज्यान गुमाइसकेका छन् । नेपालमा ११ हजार बढीको मृत्यु भइसकेको छ । भाइरसले रुप परिवर्तन गरेकै कारण संक्रमित र मृतकको संख्या बढ्ने गरेको छ । त्यसैले ओमिक्रोन भित्रिन सक्ने जोखिमलाई ध्यानमा राखेर जीन सीक्वन्सिङ तत्कालै गरी नेपालको अवस्थाको पहिचान छिट्टै गर्नु बुद्धिमानी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *