Main News

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, ३१६ संक्रमित थपिँदा २५९ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर १५ गते १७:३६
कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, ३१६ संक्रमित थपिँदा २५९ संक्रमणमुक्त

१५ मंसिर २०७८ काठमाडौं । नेपालमा थप ३ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ।

गएको २४ घण्टामा १० हजार ९ सय ११ जनाको आरटीपीसीआर र १ हजार ८ सय ८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९ सय ५४ छ भने २ सय ५९ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट निको हुने दर ९७ दशमलव ७ प्रतिशत पुगेको छ ।

खोप अभियान शुरु भएदेखि हालसम्म ३३ प्रतिशतभन्दा बढीले एक मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा २८ प्रतिशतले लगाएको सरकारी तथ्याकं छ ।

सरकारले ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य सहित खोप अभियान चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *