Main News

सर्वोच्च अदालतमा गोल प्रणालीबाट पेशी तोक्न शुरु

हिमालय टिभी
२०७८ मंसिर १५ गते १३:०२
सर्वोच्च अदालतमा गोल प्रणालीबाट पेशी तोक्न शुरु

१५ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतमा पहिलोपटक आज गोला प्रणालीबाट पेशी तोकिएको छ ।

न्यायाधीशहरुलाई ११ वटा इजलासमा २ सय १७ वटा मुद्दाको पेशी तोकिएको हो । नेपालमा आधुनिक न्यायालयको इतिहासमा पहिलो पटक सर्वोच्चमा गोला प्रक्रियाद्वारा मुद्दाको पेशी तोकिएको हो । २ जनालाई एकल इजलास र अन्यलाई संयुक्त इजलास तोकिएको छ ।

न्यायाधीश मीरा खड्का र डा कुमार चुडालको एकल इजलास गठन भएको हो । नयाँ पेशी व्यवस्थापन प्रक्रियासँगै इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने प्रधानन्यायाधीशको तजबिजी अधिकार कटौती भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा स्वेच्छाचारी भएको, सेटिङका आधारमा इजलास गठन र मुद्दा व्यवस्थापन गरेको आरोप लागेपछि गोला प्रणाली अपनाइएको हो ।

गत साउनमा न्यायाधीश हरिकृष्ण कार्कीले पेश गरेको प्रतिवेदनमा पनि अल्पकालीन रुपमा गोलाप्रक्रिया र दीर्घकालीन रुपमा स्वचालित पेशी प्रक्रिया अपनाउन सुझाव दिइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *