Main News

आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्को सुझाव

हिमालय टिभी
२०७८ मंसिर १५ गते ९:२६
आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्को सुझाव

१५ मंसिर २०७८ काठमाडौं । आजदेखि थप चिसो बढ्ने भएकाले सचेत हुन मौसमविद्ले सुझाव दिएका छन् ।

हिजो बेलुकादेखि नेपालमा पश्चिमी वायुसँगै पश्चिमी न्यून चापीय प्रणाली र अरव सागरमा बनेको न्यून चापीय क्षेत्रको प्रभाव परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् सजिना शाक्यका अनुसार यसकै प्रभावले आजदेखि देशको धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बदली भइ उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

यो प्रणालीको प्रभावले भोलिदेखि हिमपात हुने क्रम बढ्दै जाने भएकाले चिसो झन् बढ्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *