Main News

एमालेको नेतृत्वमा ओलीले प्रस्तुत गरेका सबै पदाधिकारी विजयी, रावलसहित सबै पराजित

हिमालय टिभी
२०७८ मंसिर १४ गते १७:२१
एमालेको नेतृत्वमा ओलीले प्रस्तुत गरेका सबै पदाधिकारी विजयी, रावलसहित सबै पराजित

१४ मंसिर २०७८ चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा केपी शर्मा ओलीले तयार पारेको सूचीबाटै पदाधिकारी तथा केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

अध्यक्षमा भीम रावललाई पराजित गर्दै दोस्रो कार्यकालका लागि अध्यक्षमा ओली नै निर्वाचित हुनुभएको छ । सर्वसम्मत हुने इच्छा राखेका ओलीलाई रावलले चुनौति दिएपछि मतदान गराइएको थियो ।

ओलीको पक्षमा १ हजार ८ सय ४० मत आउँदा उहाँका प्रतिद्वन्द्वी रावलले २ सय २४ मत प्राप्त गर्नुभयो । त्यस्तै उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक १ हजार ९ सय ८० मत ल्याउनुभएको छ ।

त्यस्तैउपाध्यक्षहरुमा सुरेन्द्र पाण्डेले १ हजार ९ सय २९, सुवास नेम्बाङले १ हजार ८ सय ६९, विष्णु पौडेलले १ हजार ८ सय ५९, युवराज ज्ञवालीले १ हजार ८ सय ४६ मत, रामबहादुर थापा ‘बादल’ले १ हजार ७ सय ७१ मत प्राप्त गर्नुभएको छ ।

ओलीको सूचीमा नपरेका घनश्याम भुसाल पराजित हुनुभयो, उहाँको पक्षमा ७ सय २६ मत आएको छ । त्यस्तै सचिवमा ओलीका सूचीमा नपरेका भीम आचार्य र टंक कार्की पनि पराजित हुनुभएको छ । आचार्यले ७ स ८९ मत पाउँदा कार्कीले ५ सय ६० मत पाउनुभयो ।

सचिवमा गोकर्ण विष्ट सर्वाधिक मत १ हजार ९ सय ७८ पाउनुभयो । त्यस्तै योगेश भट्टराईले १ हजार ९ सय ६४, टोपबहादुर रायमाझीले १ हजार ८ सय ७, छविलाल विश्वकर्मा १ हजार ८ सय ६, पद्या अर्यालले १ हजार ८ सय ३, लेखराज भट्टले १ हजार ७ सय ७ र रघुवीर महासेठले १ हजार ५ सय ३ मत प्राप्त गर्दै सचिवमा विजयी हुनुभयो ।

यसअघि वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको थियो ।

केन्द्रीय सदस्यहरुमा पनि ओलीकै सूचीमा परेकाहरुले जित हात पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *