Main News

५९ जिल्लामा कांग्रेसको सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित

हिमालय टिभी
२०७८ मंसिर १४ गते १५:१२
५९ जिल्लामा कांग्रेसको सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि निर्वाचित

१४ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ५९ जिल्लामा सभापति सहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि टुंगो लागेको छ ।

५९ जिल्लाको परिणाम आउँदा संस्थापन र संस्थापन इतरको टक्कर देखिएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट २८ जिल्लामा सभापति चुनिएका छन् ।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पनि २८ जिल्लामै सभापति जितेको छ । १३औँ महाधिवेशबाट तेस्रो धारको नेतृत्व गरेका कृष्णप्रसाद सिटौला पक्षका नेताहरुले तीन जिल्लामा सभापति जितेका छन् ।

जिल्ला सभापति र कार्यसमिति सहित महाधिवेशन प्रतिनिधिहरुमा पनि दुबै पक्षको टक्कर रहेको छ । उपत्यकाका तीन जिल्लामा काठमाडौंमा प्रकाशमान–गगन थापाको समूहले बाजी मार्दा भक्तपुरमा संस्थपान पक्षका सभापतिले जितेको छ ।

त्यस्तै ललितपुरमा पौडेल पक्षले सभापति पाएको छ । १५ जिल्लाको मत गणना जारी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *