Main News

अध्यक्षमा पराजित भएँ भने कुनै पनि कमिटीमा बस्दिनँः भीम रावल

हिमालय टिभी
२०७८ मंसिर १४ गते १३:४७
अध्यक्षमा पराजित भएँ भने कुनै पनि कमिटीमा बस्दिनँः भीम रावल

१४ मंसिर २०७८ चितवन । नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नु भएको छ ।

अध्यक्ष पदमा उम्मेदवारी दिनु भएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिनु भएको हो । मंगलबार चितवनको सांैराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा आफूले केन्द्रीय कमिटीको सदस्यका लागि उम्मेदवारी नदिएको दोहो¥याउँदै त्यसमा सपथ लिन नसक्ने पनि स्पष्ट पार्नु भयो ।

अध्यक्षका उम्मेदवार रावलले भन्नुभयो, ‘मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छैन । र अध्यक्ष पदमा विजयी भए सपथ लिन्छु । अरुमा त मैले भरेकै छैन भन्ने कुरा मेरो यथावत छ । अब प्रतिनिधिहरुले मत दिएनन् भने त कमिटी बाहिर बस्ने कुरा त सामान्य नै हो नि, मेरा लागि । त्यो त केही छैन ।’

रावलले पार्टीको आठौं महाधिवेशनमा पनि आफूले केन्द्रीय सदस्यमा उम्मेदवार नदिएकाले सपथ नलिएको पनि स्मरण गराउनु भयो ।

उहाँले महाधिवेशनको मत परिणाम २ घण्टाभित्रै आउने आफूले अपेक्षा गरेको पनि बताउनुभयो । रावलले निवर्तमान अध्यक्ष ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *