Main News

आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना

हिमालय टिभी
२०७८ मंसिर १४ गते ९:३५
आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना

१४ मंसिर २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका अधिकांश स्थानमा आंशिक मौसम परिवर्तन रहने बताएको छ ।

हाल नेपालमा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिक बदली रहने र राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा सामान्य बदली तथा बाँकी भू–भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको उल्लेख गरिएको छ ।

सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहेकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *