Main News
अफ्रिकी मुलुकबाट नेपाल आउनेलाई अन अराइभल भिसा नदिइने (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १३ गते १६:३१

१३ मंसिर २०७८ काठमाडौं । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलन थालेपछि त्यसबाट बच्न नेपाल सरकारले पनि तयारी थालेको छ ।
जस अनुसार सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउनेलाई अन अराइभल भिसा नदिन अध्यागमन कार्यालयलाई र अफ्रिकी मुलुकबाट यात्रु नल्याउन वायूसेवा कम्पनीहरुलाई निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भाइरसबारे बिस्तृत जानकारी पाएपछि सरकारले थप तयारी थाल्ने जानकारी दिनुभयो ।
प्रवक्ता पोखरेलले कोरोनाको नयाँ प्रकार ‘ओमिक्रोन’ को बारेमा सीसीएमसीमा पनि छलफल भइरहेको बताउनु भयो ।
उहाँले नेपाल भित्रिने नाकाहरुमा पनि कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुलाई जाँच गर्न र नजिकको स्वास्थ्यचौकी पुर्याउन निर्देशन दिइसकेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया