Main News

कास्की कांग्रेसको उपसभापतिमा कुवर र भण्डारी

हिमालय टिभी
२०७८ मंसिर १३ गते ८:४६
कास्की कांग्रेसको उपसभापतिमा कुवर र भण्डारी

१३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको उपसभापति पदमा युवराज कुँवर र रामबाबु भण्डारी निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशनअन्तर्गत सम्पन्न जिल्ला अधिवेशनका निर्वाचनमा कुँवरले ७२१ र भण्डारीले ६८५ मत प्राप्त गर्नुभएको थियो ।

त्यस्तै दुई सचिव पदका लागि भानुभक्त ढकाल र देवेन्द्र भाट विजयी बन्नुभयो । नौजनाको उम्मेदवारी परेको सो पदमा ढकाल र भाटले क्रमशः ६८३ र ६८० मत प्राप्त गर्नुभयो । निर्वाचनबाट सहसचिवमा नवीन सिग्देल र शङ्कर ढुङ्गाना विजयी बन्नुभएको छ । पोखरा महानगरपालिकाबाट खुल्ला सदस्यमा डा दीपक सुवेदी, माइकल कर्माचार्य, युवक लामिछाने (युवराज) र विश्वशङ्कर पालिखे विजयी बन्नुभएको छ ।

त्यस्तै रुपा गाउँपालिकाबाट खुल्ला सदस्यमा खेमबहादुर गुरुङ र महिलामा दक्षिणा सुवेदी, मादी गाउँपालिका र माछापुच्छ«े गाउँपालिकामा खुल्ला सदस्यमा क्रमशः ऋषिराम सुवेदी र सुदीप गौतम विजयी बन्नुभएको छ ।

समानुपातिक खस आर्यतर्फबाट खुल्ला सदस्यमा रामजीप्रसाद कोइराला र गणेश बस्नेत, समानुपातिक आदिवासी जनजाति तर्फबाट खुल्ला सदस्यमा चौबहादुर गुरुङ र मानेन्द्र कुमाल, समानुपातिक (मधेशी वा थारु वा मुस्लिम) सदस्यमा कसीरन मिया विजयी बन्नुभएको छ । प्रदेश अधिवेशन प्रतिनिधि अपाङ्गताबाट भीमप्रसाद पौडेल विजयी बन्नुभएको छ । सभापति पदमा आइतबार नै किशोरदत्त बराल निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *