Main News
कांग्रेसको आन्तरिक लोकतन्त्र गम्भीर खतरामाः वरिष्ठ नेता पौडेल (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर १२ गते १८:२२

१२ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको आन्तरिक लोकतन्त्रमा गम्भिर खतरा रहेको बताउनुभएको छ ।
काठमाडौंमा आफैंले लेखेको हाते पुस्तक ‘कांग्रेसको अबको बाटो (रुपान्तरणको दस सूत्र) सार्वजनिक गर्दै वरिष्ठ नेता पौडेलले संस्थापन पक्षले निर्वाचनको क्रममा सत्ताको प्रयोग गर्दै आफु अनुकुल गरिरहेको बताउनुभयो ।
वरिष्ठ नेता पौडेलले राजनीतिक दलहरुलाई लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
राजनीतिक दलका कारण निमुखा जनताको अधिकारमाथि हस्तक्षेप भएको भन्दै उहाँले राजनीतिक दलहरुलाई निमुखा जनताको पहरेदार बनाउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया