Main News

प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलाएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १२ गते १८:१५
प्रधानन्यायाधीशविरुद्ध महाभियोग नलाएसम्म आन्दोलन जारी राख्ने बारको चेतावनी (भिडियो रिपोर्टसहित)

१२ मंसिर २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध राजनीतिक दलहरुले महाभियोग नलगाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएको छ ।

सर्वोच्च अदालत परिसरमा आज धर्ना दिने क्रममा वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले दलहरुले प्रधानन्यायाधीश राणालाई महाभियोग लगाए मात्रै बारको आन्दोलन रोकिने बताउनुभयो ।

उहाँले राणा कानूनी र कागजी रुपमा प्रधानन्यायाधीश पदमा हालसम्म कायम रहे पनि व्यवहारिक रुपमा भने पदमा नरहेको दाबी गर्नुभयो ।

अधिवक्ता अनन्तराज लुँइटेलले आगामी दिनमा न्यायपालिकामा गरिने नियुक्ति वैज्ञानिक ढंगले गर्नुपर्ने बताउनुभयो । अहिले न्यायपालिकाको मान, सम्मान र प्रतिष्ठा समाप्त भएको भन्दै उहाँले बारको आन्दोलनलाई न्यायपालिका सुधारको कोसेढुंगा साबित गराउनुपर्नेमा जोड दिनुभयो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले प्रधानन्यायाधीश जबरा न्यायपालिकाका लागि प्रदूषण भएको टिप्पणी गर्नुभयो ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा धर्ना दिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *