माओवादी केन्द्र र एकीकृत समाजवादी एक हुनुपर्छः बाबुराम भट्टराई (भिडियो रिपोर्टसहित)

१२ मंसिर २०७८ बुटवल । जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वोच्च अदालत र दलका अधिवेशनमा देखिएका अलोकतान्त्रिक हर्कतले देश फेरि प्रतिगमनतर्फ लागेको टिप्पणी गर्नुभएको छ ।
बुटवलमा आज पत्रकारहरुसँग अध्यक्ष भट्टराईले आन्दोलन र संर्घषबाट आएका नेता कार्यकता मूकदर्शक बन्दै दासत्व स्वीकार गर्दै केही नेतालाई राजा–महाराजाको रुपमा देखाउनु देश प्रतिगमनमा गएको प्रमाण भएको बताउनुभयो ।
अहिलेको व्यवस्था विघटन गर्नेतर्फ लागेको प्रतिगमनलाई गठबन्धन बनाएर रोक्न सफल भए पनि फेरि प्रतिगमनकारी गतिविधि बढेकोमा भट्टराईले चिन्ता ब्यक्त गर्नुभयो ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले अहिलेको गठबन्धन निर्वाचनसम्म एक भएर जानु उपयुक्त हुने बताउनुभयो । उहाँले नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसँग पार्टी एकता गरेर जानुपर्ने आसय व्यक्त गर्नुभयो ।
जसपाका बरिष्ठ नेता अशोक राईले पार्टी अहिले संगठन सुदृढिकरण तथा जनजागरण अभियानमा लागेको बताउँदै यो अभियान मंसिर भर चल्ने जानकारी दिनुभयो ।
प्रतिक्रिया