Main News

अझै सुरु भएन बन्दसत्र, यस्तो छ पूर्वमाओवादीले एमालेमा पाउने हिस्सा

हिमालय टिभी
२०७८ मंसिर १२ गते १४:५९
अझै सुरु भएन बन्दसत्र, यस्तो छ पूर्वमाओवादीले एमालेमा पाउने हिस्सा

१२ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेको बन्द सत्र अझै सुरु हुन सकेको छैन ।चितवनको सौराहामा मध्यान्ह १२ बजेबाट बन्दसत्र सुरु हुने भनिएपनि सहमतिको प्रयास भन्दै ढिला भएको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफललाई तीव्रता दिनुभएको छ ।

आफ्नै समूहलाई सहमतिमा ल्याउन अध्यक्ष ओलीलाई सकस परेको छ । वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र सुवास नेम्वाङले दाबी छाड्नुभएको छैन, त्यस्तै महासचिवमा विष्णु पौडेल र शंकर पोखरेल दुबै जनाको दाबी छ ।

उता, पूर्वमाओवादी नेताहरु मध्ये रामबहादुर थापा बादललाई उपाध्यक्ष, टोपबहादुर रायमाझीलाई उपमहासचिव र लेखराज भट्टलाई सचिव सहित ३५ केन्द्रीय सदस्य दिन अध्यक्ष ओली सकारात्मक भएको बताइएको छ ।

अध्यक्ष ओलीले सहमतिको प्रयास जारी राख्दा अध्यक्षका अर्का दाबेदार भीम रावलले आफू पछि नहट्ने अडान राख्नुभएको छ । रावल बन्दसत्र हलभित्रै प्रतिनिधिहरुसँग भोट माग्न व्यस्त हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *