Main News
निर्वाचन चलिरहँदा कांग्रेसमा केन्द्रीय निर्वाचन समिति संयोजक परिवर्तन
२०७८ मंसिर १२ गते १४:५५
१२ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिँकिँदै गर्दा केन्द्रीय निर्वाचन समितिका संयोजक फेरिएका छन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत गर्दै निर्वाचन समितिका वरिष्ठ सदस्य गोपालकृष्ण घिमिरेलाई नयाँ संयोजक नियुक्त गर्नुभएको छ ।
केही ठाउँमा भएका विवाद मिलाउन नसकेपछि यादवले निर्वाचन समितिको संयोजकबाट राजीनामा दिनुभएको थियो । सभापति देउवाको गृह जिल्ला डडेल्धुराको अधिवेशनमा विवाद छ ।
निवर्तमान जिल्ला सभापति कर्ण मल्ल पक्षको विरोधकै बीच डडेलधुरामा जिल्ला अधिवेशन भएको थियो । कांग्रेसको महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ ।
प्रतिक्रिया