Main News

बढ्यो चिसो, आज देशका पहाडी भू–भागमा मौसम बदली रहने

हिमालय टिभी
२०७८ मंसिर १२ गते ९:२४
बढ्यो चिसो, आज देशका पहाडी भू–भागमा मौसम बदली रहने

१२ मंसिर २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा मौसम बदली रहने बताएको छ ।

आज बिहान महाशाखाले सार्वजनिक गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशको पूर्वी भू–भागमा बङ्गलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो देशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ भने प्रदेश नं. १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक–दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज रातिदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू–भागको एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख गरिएको छ।

महाशाखाले प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागहरूका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको र देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *