Main News

देउवाले सम्झिए ओलीसँगै जेल बसेकाे क्षण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते २०:५३
देउवाले सम्झिए ओलीसँगै जेल बसेकाे क्षण (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ चितवन । करिब ४ महिनापछि देउवा र ओली मञ्चमा सँगै देखिएका छन् । यो संयोग नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनले जुराईदिएको हो । यस्तै अन्य राजनितिक दलका शिर्ष नेताहरु समेत महाधिवेशनको सफलताको शुभकामनाको साथै फेरी समृद्ध नेपालको एक पटक सबै राजनितिक शक्तिहरु एक हुनु पर्नेमा जोड समेत दिएका छन् ।

शुक्रबार चितवनको नरायणी नदी किनार एमालेमय बन्यो । नेपालका प्रमुख राजनीतिक दलका अध्यक्षदेखि प्रतिनिधिहरुले एमालेको महाधिवेशको सफलताको कामना गरे ।

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वन र कोरोनाविरुद्ध सबै दलहरु एक ठाउँमा उभिनु पर्ने बताउनुभयो । उहाँले राजनीतिक असहमतिको समाधान संविधानप्रदत्त विधिबाट खोजिनुपर्ने बताउनुभयो ।

एमालेले निम्तो दिए पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड उपस्थित हुनुभएन । तर माओवादी केन्द्रका नेता लीलामणि पोखरेल चितवन जानुभयो । उहाँले कम्युनिष्ट आन्दोलन पुनः एकताको दिशामा जानुपर्नेमा जोड दिनुभयो ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने जोड दिनुभयो ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयनका लागि गरेको प्रयासका लागि ओलीलाई धन्यवाद दिनुभयो । उहाँले बाँकी माग पूरा गराउन प्रधानमन्त्री देउवालाई आग्रह समेत गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले सिके राउतको पृथकतवादी आन्दोलन र विप्लवको सशस्त्र आन्दोलनलाई शान्तिपूर्ण अवतरण गराउनु ओली र एमालेको पहिलो सफलता भएको भन्दै प्रशंसा गर्नुभयो ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दलहरु मिलेर हासिल गरेको उपलब्धी रक्षा गर्ने कि गुमाउने भन्ने परीक्षाको घडी आएको बताउनुभयो । देश र जनताका लागि दलहरु एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ छ ।

एमालेले राष्ट्रिय दललाई महाधिवेशनमा निम्तो गरे पनि नेकपा एकीकृत समाजवादीलाई निमन्त्रणा गर्न आवश्यक नै ठानेन । एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई निमन्त्रणा नगरेर राजनीतिक चरित्र देखाउन नसकेको टिप्पणी भइरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रममा सहभागी नहुनुलाई पनि शोभनीय ठानिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *