Main News

देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर १० गते १६:१९
देश बनाउन एमालेको एकल बहुमत आवश्यकः अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)

१० मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा जनमतमार्फत पार्टीले एकल बहुमत हासिल गर्ने दाबी गर्नुभएको छ ।

चितवनको नारायणगढमा पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको विकास, लोकतन्त्रको संरक्षण तथा संविधानको रक्षा र कार्यान्वयनका लागि एमालेले एकल बहुमत ल्याउने बताउनुभयो । उहाँले आउँदो चुनावमार्फत संघमा एमालेको सरकार बन्ने र विकासको बाँकी काम पूरा गर्ने दाबी गर्नुभयो ।

५ बर्षका लागि देशलाई मार्ग निर्देश र देशलाई हाँक्ने गरी महाधिवेशनमार्फत एमाले बाहिर आउने भन्दै अध्यक्ष ओलीले ससाना अन्तरबिरोधमा नअल्झि राष्ट्र निर्माणका लागि एकताबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्सालाई संविधानको अंग बनाए पनि कुटनीतिक संवादमार्फत त्यसलाई फिर्ता नल्याएसम्म सार्थकता नपाउने बताउनुभयो ।

पीडितलाई न्याय प्रदान, घाइतेको उपचार, बहिर्गमित लडाकुको व्यवस्थापन गर्न नसकेकोमा अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आलोचना समेत गर्नुभयो ।

महाधिवेशन उदाहरणीय बन्ने
अध्यक्ष ओलीले महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्णरुपमा सम्पन्न भएर सफलताको सूचनासहित यही मङ्सिर १३ गते पत्रकार सम्मेलनबाट घोषणा गर्ने बताउनुभयो । उहाँले एमाले र अर्काे पाँच वर्ष देशलाई नै हाँक्न सक्ने नेतृत्व चुन्नु महाधिवेशनको कार्यभार भएकाले सानातिना अन्तरविरोधमा नअल्मिएर देश निर्माणका भावना र उचाइका आधारमा अघि बढ्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *