Main News

नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन आग्रह

हिमालय टिभी
२०७८ मंसिर १० गते ६:०९
नेपाल–रोमानियाबीचको श्रम सम्झौतालाई अन्तिम रुप दिन आग्रह

१० मंसिर २०७८ काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि रोमानियाका नवनियुक्त राजदूत डेनियला सेजोनोभ टेनले शिष्टाचार भेट गर्नुभएको छ ।

मन्त्रालयमा बिहीबार भएको भेटवार्तामा उहाँहरूबीच नेपाल–रोमानियाबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले रोजगारीका लागि रोमानिया जान चाहने नेपालीले भिसा आवेदनका लागि भारतको नयाँदिल्ली जानुपर्ने बाध्यता रहेकाले नेपालबाटै हुने गरी सहजीकरणका लागि समन्वय गर्न आग्रह गर्नुभयो ।

नेपालले द्विपक्षीय श्रमसम्झौताको मस्यौदा तयार गरी रोमानिया सरकारलाई हस्तान्तरण गरेको स्मरण गराउँदै सम्झौतालाई अन्तिम रुप दिएर कार्यान्वयनमा ल्याउन उहाँले आग्रह गर्नुभयो ।

पछिल्ला पाँच वर्षमा मात्र श्रम स्वीकृति लिएर सङ्ख्या सात हजार ६१८ नेपाली रोमानिया पुगेका छन् । भेटमा राजदूत डेनियलाले रोमानिया सरकार नेपालसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *