Main News

लैंगिक हिंसाविरूद्ध सबैको सहयोग आवश्यकः प्रधानमन्त्री देउवा

हिमालय टिभी
२०७८ मंसिर ९ गते ७:४२
लैंगिक हिंसाविरूद्ध सबैको सहयोग आवश्यकः प्रधानमन्त्री देउवा

९ मंसिर २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लैङ्गिक हिंसारहित समाज र मुलुक निर्माण गर्न सबैको सहयोग आवश्यक पर्ने बताउनुभएको छ ।

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा एक सन्देश जारी गर्दै उहाँले सबैलाई कुरीति, पछौटेपन, अशिक्षा, अन्धविश्वास र हानिकारक अभ्यासका कारण समाजमा देखिने लैङ्गिक हिंसाको पूर्णरूपमा अन्त्य गर्न अभियानले ऊर्जा मिलोस् भन्ने कामना गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले सन्देशमा अभियानमा मुलुकभर विभिन्न तह र निकायबाट सञ्चालन हुने क्रियाकलापले लैङ्गिक हिंसारहित सभ्य र समतामूलक समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *