Main News
लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरू
२०७८ मंसिर ९ गते ७:३९

९ मंसिर २०७८ काठमाडौं । लैंगिक हिंसाविरूद्धको १६ दिने अभियान शुरू भएको छ ।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष नेपालमा पनि ‘घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाइँदैछ ।
नेपालमा देशव्यापीरुपमा लैङ्गिक हिसाविरुद्धको अभियानमा राजनीतिकर्मी, नागरिक समाज, राष्ट्रिय अन्तर्राष्ट्रिय सरकार तथा गैरसरकारी सङ्घसंस्थालगायत सरोकारवाला निकायले खबरदारी तथा चेतनामुलक कार्यक्रम गर्दै आएका छन् ।
महिला तथा बालिकाहरुको मानव अधिकारको संरक्षण गर्न, उनीहरुको सम्मानपूर्वक बाँच्न पाउने हक अधिकार सुनिश्चित गर्न तथा विकासको समान साझेदारको रुपमा स्थापित गरी लैङ्गिक समानता कायम गर्न नेपालमा २०५४ सालदेखि यो अभियान चलाइँदै आएको छ ।
प्रतिक्रिया