Main News

चिसो मौसममा जोखिमपूर्ण समूहमा रहेका व्यक्ति कसरी जोगिने त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ८ गते १७:४९
चिसो मौसममा जोखिमपूर्ण समूहमा रहेका व्यक्ति कसरी जोगिने त ? (भिडियो रिपोर्टसहित)

८ मंसिर २०७८ काठमाडौं । धैरैले सामान्य रुपमा लिने गरेको चिसो मौसम स्वास्थ्यका लागि भने जोखिमयुक्त छ । रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई चिसो मौसममा झनै समस्या हुन्छ । चिसो मौसममा जोखिमपूर्ण समूहमा रहेका व्यक्ति कसरी जोगिने त ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा चिसो मौसम सुरु भएसँगै दमका बिरामी आउन थालेका छन् ।

टेकुमा मात्रै होइन, चिसो मौसम सुरु भएसँगै अस्पतालहरुमा दम, मुटु र नसासँग सम्बन्धित बिरामी बढ्न थाल्छन् । विशेषगरी जेष्ठ नागरिकमा चिसो बढेसँगै विभिन्न समस्या देखिन थाल्छ ।

त्यसैले जाडो शुरु भएसँगै चिसोबाट बच्न र आवश्यक सावधानी अपनाउन चिकित्सकको सुझाव छ ।

चिसो मौसममा इन्फ्लुयन्जा हुने र निमोनिया हुने समस्या पनि हुन्छ । यसका लागि भने इन्फ्लुयन्जा र निमोनिया विरुद्धको खोप लगाएर सुरक्षित रहन सकिन्छ ।

जोखिम पूर्ण उमेर समूहमा रहेका व्यक्तिले चिसो मौसममा बिहानै मर्निङ वाक नगर्ने,चिसोका बहानामा बढी खाना नखाने, मदिरा, चुरोट नखाने, पुराना बिरामीले नियमित स्वास्थ्य परिक्षण गराउने, मधुमेह, रक्तचाप, कोलस्ट्रोल, तौल नियन्त्रणमा राख्नुका साथै दैनिक उचित व्यायम गर्न पनि चिकित्सकको सुझाव छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *