Main News

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ३३२ संक्रमित थपिँदा २३२ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर ८ गते १७:४३
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ३३२ संक्रमित थपिँदा २३२ संक्रमणमुक्त

८ मंसिर २०७८ काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

कूल नौ हजार ९२० मा कोरोना परीक्षण गर्दा ३३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित सङ्ख्या सात हजार ३६९ रहेका छन् । पछिल्लो समय थप २३२ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै भाइरस सङ्क्रमणुक्त हुनेको सङ्ख्या आठ लाख एक हजार १२२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पाँच सयभन्दा बढी सङ्क्रमण भएका जिल्ला काठमाडौँ र ललितपुर रहेका छन् । यस्तै शून्य सङ्क्रमित भएका जिल्ला मनाङ, हुम्ला, डोल्पा, जाजरकोट र मुगु रहेका छन् ।

नेपालमा सङ्क्रमण दर १७.९ प्रतिशत रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ९८१, संस्थागत आइसोलेशनमा ३८८, आइसियुमा २०६ र भेन्टिलेटरमा ४० जनाको उपचार हुँदैछ ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट आज थप चारको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१३ पुगेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ४७ हजार २६२ ले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ । पहिलो मात्रा ९२ लाख ८४ हजार ३३७ ले र पूर्ण मात्रा ८० लाख ५९ हजार ३०२ ले खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *