Main News

२४ जिल्लामा अधिवेशन सकिँदा कुन जिल्लामा कुन पक्ष बलियो ?

हिमालय टिभी
२०७८ मंसिर ८ गते १६:२३
२४ जिल्लामा अधिवेशन सकिँदा कुन जिल्लामा कुन पक्ष बलियो ?

८ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हालसम्म २४ जिल्लाको अधिवेशन सकिएको छ ।

पहिलो चरणमा १४ हिमाली जिल्लामा अधिवेशन सकेको कांग्रेसले दोस्रो चरणमा ३० जिल्लाको अधिवेशन गरेको छ । तिमध्ये १० जिल्लाको परिणाम आउँदा संस्थापन पक्ष र संस्थापन इतर बराबरीको अवस्थामा छन् ।

१४ हिमाली जिल्ला सहित दोस्रो चरणमा १० जिल्लाको परिणाम आउँदा १२ ÷१२ जिल्लामा दुबै पक्षका सभापतिका उम्मेदवार विजयी भएका छन् ।

दोस्रो चरणमा अधिवेशन भएका भोजपुर, डडेलधुरा, पाँचथर, प्यूठान, अर्घाखाँची, सल्यान, लमजुङ, जुम्ला, डोल्पा र बैतडीको परिणाम आइसकेको छ । बाँकी २० जिल्लाको गणना जारी रहेको कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले सोमबारदेखि क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *