Main News

सडक दुर्घटनामा माओवादी केन्द्रका केन्द्रीय सदस्य बञ्जाडेको निधन

हिमालय टिभी
२०७८ मंसिर ८ गते १२:५८
सडक दुर्घटनामा माओवादी केन्द्रका केन्द्रीय सदस्य बञ्जाडेको निधन

८ मंसिर २०७८ बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा निधन भएको छ ।

रुपन्देहीको जीतगढीमा गएराति बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बन्जाडेको उपचारको क्रममा आज बिहान निधन भएको हो । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रूपन्देही इन्चार्जसमेत रहेका बञ्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ना ५ ख ९०६ नम्बरको बसले गए राति ९ बजे बुटवलको जीतगढीमा ठक्कर दिएको थियो। बञ्जाडे अखिल (क्रान्तिकारी)का पूर्वमहासचिव समेत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *