आज पहाडी भेगमा बादल लागेपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने
७ मंसिर २०७८ काठमाडौं । आज पहाडी भेगमा घाम लाग्दै बादल लागेपनि अरु ठाउँको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।
अहिले पानी पार्ने वा हिमपात गराउने कुनै प्रणाली सक्रिय नभएकाले ठूलो पानी पर्ने वा भारी हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तर स्थानीय वायुको प्रभावले प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भुभागहरुका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
आज राति प्रदेश १, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।
प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको एक/दुई स्थानमा हल्का वर्षार उच्च पहाडी तथा हिमाली भुभागहरुका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रतिक्रिया