Main News

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन जना बालकको मृत्यु

हिमालय टिभी
२०७८ मंसिर ७ गते ६:५९
सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन जना बालकको मृत्यु

७ मंसिर २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु– ७ सुलसिङमा आगलागी हुँदा तीनजना बालकको मृत्यु भएको छ ।

बालकहरु खेलिरहेको गोठमा आगोको झिल्को सल्किएर आगलागी भएको थियो । हिजो साँझ करिब ७ बजे सुलसिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा आगलागी भएको हो।

आगलागीबाट तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, सुकुमान तामाङका ५ वर्षीय छोरा मनिष तामाङ र साइँला तामाङका ५ वर्षीय छोरा दिलबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको हो।

सुख्खा पातबाट आगलागी सुरु भएको र बालकहरुले ज्यान गुमाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । आगलागी भएपछि बालबालिका गोठ पस्दा जलेर मृत्यु भएको आशंका गरिएको छ ।

सिन्धुपाल्चोकका जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले घरमा अभिभावक कोही नहुँदा लागेको आगो ननिभाउन नसकेकाले मानवीय क्षति हुन पुगेको बताउनुभयो । गोठमा रहेको लाइटर बालकहरूले खेलाउँदा आगलागी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *