Main News

कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ३८५ संक्रमित थपिँदा २५८ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ मंसिर ६ गते १६:४४
कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, ३८५ संक्रमित थपिँदा २५८ संक्रमणमुक्त

६ मंसिर २०७८ काठमाडौं । नेपालमा ३ सय ८५ जना कोरोना संक्रमित थपिएका छन् भने थप चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षणमा ३ सय ६७ र २ हजार ७ सय ७६ जनाको एन्टीजेन परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो ।

यो कूल परीक्षणको तीन दशमलब शून्य तीन प्रतिशत हो । थपिएका संक्रमितमा काठमाडौँ उपत्यकाका १ सय ७० जना छन् । जसमा काठमाडौँका १ सय २४, ललितपुरका ३६ र भक्तपुरका १० जना छन् ।

उपत्यकाबाहिर सबैभन्दा धेरै चितवनका २६ जना छन् । पछिल्लो पटक २ सय ५८ जना संक्रमणमुक्त भएका छन् । थप चार जनाको मृत्यु भएपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय पुगेको छ ।

अहिले देशभर ७ हजार दुई सय ६९ जना सक्रिय संक्रमित छन् । जसमध्ये आइसीयूमा २ सय ३० र ५५ जनाको भेन्टीलेटरमा उपचार भैरहेको छ । पछिल्लो पटक ७१ हजार ४ सय ८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *