Main News

प्रधानन्यायाधीशको अधिकार कटौती, अब पेशी गोलाप्रथाबाट तोकिने

हिमालय टिभी
२०७८ मंसिर ६ गते १६:३७
प्रधानन्यायाधीशको अधिकार कटौती, अब पेशी गोलाप्रथाबाट तोकिने

६ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतमा अब गोलाप्रथाबाट पेशी तोकिने भएको छ ।

नेपाल राजपत्रमा सर्वोच्च अदालत दोस्रो संशोधन नियमावली, २०७८ सम्बन्धी सूचना प्रकाशित भएसँगै गोलाप्रथाबाट पेसी तोक्ने कानुनी बाटो खुलेको हो ।

मंसिर २ गते बसेको सर्वोच्च अदालतको पूर्ण बैठक फूल कोर्टले पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी गोला प्रथाबाट पेशी तोक्ने गरी सर्वोच्च अदालत नियमावली २०७४ लाई संशोधन गरेको थियो ।

संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि मुद्दाको पेशी तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ । अब सबै मुद्दाको पेशी गोला प्रथाबाट तोकिने भएको छ ।

संशोधित नियमावलीको नियम २० मा अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइको लागि इजलासको गठन र पेशी सूची निर्धारण गोला प्रक्रियाद्वारा हुने उल्लेख छ । न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्न सिफारिस गरेको थियो ।

न्यायाधीश मीरा खड्काको प्रतिवेदनले गोलाप्रथामा कसरी जाने भन्नेबारे कार्यविधि सुझाएको छ ।पछिल्लो समय सर्वोच्च अदालतमा बढेको विवादका बीच फुलकोर्टले गोलाप्रथाबाट पेसी तोक्न नियमावली संशोधन गरेको थियो ।

फुलकोर्टले नियमावली संशोधन गरेसँगै राजपत्रमा सूचना प्रकाशित भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *