Main News

प्रधानन्यायाधीश जबरालाई बर्खास्त गर्न माग गर्दै बारले दलहरुको ध्यानाकर्षण गराउँदै

हिमालय टिभी
२०७८ मंसिर ६ गते ८:२८
प्रधानन्यायाधीश जबरालाई बर्खास्त गर्न माग गर्दै बारले दलहरुको ध्यानाकर्षण गराउँदै

६ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बर्खास्त गर्न माग गर्दै नेपाल बार एशोसिएशनले आज प्रमुख राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउँदै छ।

प्रधानन्यायाधीश राणाको राजीनामा माग्दै आन्दोलनरत बारले संसदमा रहेका सबै दललाई आज ज्ञापनपत्र बुझाउन लागेको हो ।

दलहरूले सर्वोच्च अदालतमा देखिएको विवाद न्यायालयबाटै समाधान हुनुपर्ने बताउँदै आइरहेका छन् । गत कात्तिक ३० गते सत्ता गठबन्धनको बैठकले सर्वोच्चको विवाद यथाशीघ्र समाधान हुनुपर्ने बताएको थियो ।

प्रधानन्यायाधीश राणा वार्ताको प्रस्ताव गरेपनि प्रधानन्यायाधीशको राजीनामा नआएसम्म आन्दोलन जारी रहने बारले बताएको थियो ।

बारेले हिजोदेखि तेस्रो चरण अन्तर्गत आन्दोलनलाई देशव्यापी बनाउँदै लगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *