Main News
बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुग्यो
२०७८ मंसिर ६ गते ८:०९

६ मंसिर २०७८ काठमाडौं । बैतडीमा भएको जन्ती जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
गम्भीर घाइते थप १ जनाको मृत्युपछि मृतक संख्या ६ पुगेको हो । डडेल्धुराका जीप चालक ४० वर्षीय दीपक माली को उपचारको लागी डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु हो ।
यसअघि गएराति दशरथचन्द राजमार्ग अन्तर्गत दशरथचन्द नगरपालिका(४ को कलुवामोडमा जीप दुर्घटनामा परेको थियो । जीप सडकबाट करिब ५ सय मिटर तल बसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुनेमा दशरथचन्द नगरपालिकाका राजेन्द्रबहादुर चन्द, धनबहादुर चन्द, प्रेमबहादुर चन्द, तारा थापा र खेमसिंह कार्की थिए ।
गम्भिर घाइते एक जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । जीपमा ७ जना सवार रहेको बताइएको छ ।
प्रतिक्रिया