Main News

टेलिभिजन सञ्चालनमा नआएको पतञ्जली योगपिठको प्रष्टीकरण

हिमालय टिभी
२०७८ मंसिर ५ गते १९:१४
टेलिभिजन सञ्चालनमा नआएको पतञ्जली योगपिठको प्रष्टीकरण

५ मंसिर २०७८ काठमाडौं । पतञ्जली योगपिठले नेपालमा टेलिभिजन सञ्चालनका लागि अनुमति लिइ नसकेको स्पष्ट पारेको छ ।

नेपालमा पतञ्जलीको टेलिभिजन उद्घाटनका लागि प्रधानमन्त्री शेरवहादुर देउवा तथा अन्य शीर्ष नेता आफै पुगेको भन्दै चौतर्फी आलोचना भएपछि पतञ्जलीले टिभी प्रसारण शुरु नभएको प्रष्टीकरण दिएको हो ।

पतञ्जलीले आज एक विज्ञप्ति जारी गरी पतञ्जली नेपाल टिभी र आस्था टिभी सञ्चालनका लागि अनुमति प्रक्रिया मात्र अघि बढाइएको स्पष्ट पारेको छ ।

नेपालमा टिभी सञ्चालन गर्ने निर्णय गरिएपनि कम्पनी रजिष्टारको कार्यालयबाट प्रमाणीकरण नभएको योगपिठका आईटी इन्चार्ज सन्दीप बाल्मिकीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री शेरवहादुर देउवा, योगगुरु रामदेव, आचार्य बालकृष्णको उपस्थितिमा टिभी भवनको उद्घाटन गरिएपनि प्रशारण तथा सञ्चालन गर्ने कार्य भने नभएको योगपीठले जनाएको छ ।

नेपाल सरकारको नीति, नियम कानूनको अधिनमा रहेर नियमअनुसार अनुमति प्राप्त भएपछि मात्र टिभी सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *