Main News

कानूनविपरीतको भारतीय च्यानल उद्घाटन गरेकोमा एमालेको आपत्ति

हिमालय टिभी
२०७८ मंसिर ५ गते १९:०९
कानूनविपरीतको भारतीय च्यानल उद्घाटन गरेकोमा एमालेको आपत्ति

५ मंसिर २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बाह्य लगानीमा सञ्चालित टेलिभिजन च्यानलको उद्घाटन गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन विपरित काम गरेको टिप्पणी गरेको छ ।

काठमाडौंमा आज भएको कार्यक्रममा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवासँग नेपालको कानूनले निषेध गरेका टेलिभिजन च्यानल उद्घाटन गर्नुको कारण समेत माग गर्नुभयो ।

उहाँले सञ्चार माध्याममा बाह्य लगानी निषेध गरेको उल्लेख गर्दै ती कुराहरु स्वागत गर्न नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले कानुनसम्मत, विधिसम्मत र नेपालले प्राथमिकता तय गरेको क्षेत्रमा आउने बाह्य लगानीलाई भने सधैं स्वागत गर्ने बताउनुभयो ।

भारतीय योगगुरु रामदेवको स्वामित्वमा रहेको पतञ्जली कम्पनीले काठमाडौंमा सञ्चालनमा ल्याएको ‘आस्था नेपाल’ र ‘पतञ्जली नेपाल’ नामका दुई टेलिभिजन च्यानलको प्रधानमन्त्री देउवाले गत शुक्रबार उद्घाटन गर्नु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *