Main News

प्रधानन्यायाधीश राणाको अधिकार कटौती गर्न बार अध्यक्ष श्रेष्ठको माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते १६:११
प्रधानन्यायाधीश राणाको अधिकार कटौती गर्न बार अध्यक्ष श्रेष्ठको माग (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अधिकार कटौती गर्न माग गरेको छ ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलनरत बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्याय प्रशासनमा भएको अधिकार रहँदासम्म प्रधानन्यायाधीशले बिचौलिया पाल्ने काम नरोकिने भन्दै अधिकार कटौती गर्न माग गर्नुभयो ।

गोलाप्रथा लागू हुनासाथ प्रधानन्यायाधीशको दाह्रा, नङ्ग्रा गयो भन्ने भ्रममा पर्न नहुने उहाँको भनाइ छ । न्याय प्रशासन र न्यायसम्पादनमा प्रधानन्यायाधीश राणा नहट्दासम्म आन्दोलन जारी रहने बारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *