Main News

सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरी छानबिन गरे सार्वजनिक गरिनेछः प्रचण्ड

हिमालय टिभी
२०७८ मंसिर ५ गते १५:१०
सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरी छानबिन गरे सार्वजनिक गरिनेछः प्रचण्ड

५ मंसिर २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सशस्त्र द्वन्द्वका क्रममा भएका कमीकमजोरीको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने बताउनुभएको छ ।

बृहत्त शान्ति सम्झौता भएको १५ बर्ष पुगेको अवसरमा विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायका आधारमा समाजमा मेलमिलाप कायम गर्दै शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

यसका लागि सत्ता पक्ष र प्रतिपक्ष एक रहेको उहाँको दाबी छ। युद्ध शान्तिमा रुपान्तरण भएपनि त्यस अवधिमा भएका घटनाको सत्यतथ्य छानबिन गरी सार्वजनिक गर्न, पीडितलाई परिपूरण र संक्रमणकालिन न्यायको काम बाँकी रहेको अध्यक्ष प्रचण्डले उल्लेख गर्नुभएको छ ।

सहिद तथा बेपत्ता परिवार, घाइते, विस्थापित लगायतका पीडितहरुसँगको परामर्शमा अन्तर्राष्ट्रिय मापदण्डको परिपालना गर्दै, नेपाली मौलिकतामा विधेयकलाई परिमार्जन गरी आगामी अधिवेशनमा टुङ्गोमा पुराउन पनि प्रतिबद्ध रहेको उहाँको भनाई छ । यसका लागि सम्बन्धित सबैको सहयोगका लागि समेत उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *