Main News

भारतीय योगगुरू रामदेवलाई पर्यटन दूत बन्‍न मन्त्री आलेको प्रस्ताव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ५ गते १३:५८
भारतीय योगगुरू रामदेवलाई पर्यटन दूत बन्‍न मन्त्री आलेको प्रस्ताव (भिडियो रिपोर्टसहित)

५ मंसिर २०७८ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धनका लागि ब्राण्ड एम्बेस्डर बन्न भारतीय योगगुरु रामदेवलाई आग्रह गरेको छ ।

मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा संस्कृति मन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई ब्राण्ड एम्बेस्डर बन्न प्रस्तावसहितको प्रमाणपत्र प्रदान गर्नुभयो ।

योग गुरु रामदेवमार्फत भारतबाट नेपालमा धेरै पर्यटक आउने विश्वास व्यक्त गर्दै उहाँले नेपालको पर्यटनको प्रचार प्रसार गरिदिन योगगुरु रामदेवलाई आग्रह गर्नुभयो ।

सो अवसरमा योगगुरु रामदेवले नेपालको संस्कृतिलाई संसारभर लिएर जाने बताउनुभयो । उहाँले मन्त्रालयको प्रस्तावलाई गम्भिरतापूर्वक छलफल गरेर निर्णय लिने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *