Main News

सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायीको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

हिमालय टिभी
२०७८ मंसिर ५ गते १३:३८
सर्वोच्च परिसरमा आज पनि कानून व्यवसायीको प्रदर्शन, गृहमन्त्रीको राजीनामा माग

५ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानून व्यवसायीले गृहमन्त्री बालकृष्ण खाँणकोसमेत राजीनामा मागेका छन् ।

सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको विरोधमा कानून व्यवसायीले गृहमन्त्रीको राजीनामा मागेका हुन् ।

नेपाल बारले सर्वोच्च अदालतभित्र तैनाथ गरिएका सशस्त्र र दंगा प्रहरी हटाउन माग गरेको छ । बिहान बारको कार्यालयमा आयोजित विरोध सभामा बोल्दै अध्यक्ष श्रेष्ठले कानून व्यवसायीमाथि दमन गर्नका लागि सर्वोच्च अदालतभित्र सशस्त्र र दंगा प्रहरी राखिएको भन्दै यो निन्दनीय भएको बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले बारको शान्तिपूर्ण विरोधमाथि भएको प्रहरी दमनको विरुद्ध आज देशभरका अदालतमा आफूहरुले बहस पैरवी नगर्ने सर्कुलर पठाएको बताउनुभयो ।

मंसिर २ गतेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्दा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित १२ जना घाइते भएका थिए ।

यसअघि सर्वोच्च परिसरमा प्रदर्शन गरेर नेपाल बारको परिसरमा कोणसभा गर्दै आएका कानून व्यवसायीले आज भने सर्वोच्च प्राङ्गणमै कोणसभा गरेका छन् । बारले आजदेखि प्रधानन्यायधीश राणाविरुद्ध तेस्रो चरणको आन्दोलन शुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *