आज प्रदेश १ मा हिमपातको सम्भावना, अन्य प्रदेशमा मौसम सफा रहने
५ मंसिर २०७८ काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका आंशिक भू–भागमा मौसम बदली रहने बताएको छ ।
महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नरहेका कारण सामान्यता मौसम सफा रहने छ । महाशाखाले आज बिहान जारी गरेको मौसम सम्बन्धी बुलेटिनमा हाल प्रदेश नं. १, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसमसफा रहेको छ ।
आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने उल्लेख गरिएको छ। यस्तै प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि बुलेटिनमा भनिएको छ ।
यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरू सामान्यतया सफा रहने छ । प्रदेश नं. १ को उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रतिक्रिया