Main News

कानून व्यवसायीहरूले आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

हिमालय टिभी
२०७८ मंसिर ५ गते ९:०१
कानून व्यवसायीहरूले आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने

५ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलनरत नेपाल बार एशोसिएशनको निर्देशनमा कानून व्यवसायीहरूले आज बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा बहस नगर्ने भएका छन् ।

नेपाल बार एशोसिएशनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै आज बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्न कानून व्यवसायीहरूलाई भनेको महासचिव लीलामणि पौडेलले जानकारी दिनुभयो ।

‘अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हरियारसहितको दङ्गा प्रहरीको तैनाथी, कानून व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरुमा बहस पैरवी नगर्ने भनी निर्णय गरिएकाले सो बमोजिम गर्न, गराउनु हुन, बहस नगरिने व्यहोराको सम्बन्धित अदालतमा पत्राचार गर्न समेत सबै बार एकाईहरूलाई जानकारीका साथ अनुरोध गरिन्छ ।’

बारका महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महासचिव पौडेलले पोखरामा यही मङ्सिर २४, २५ र २६ गते हुने राष्ट्रिय सम्मेलन स्थगित भएको पनि जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *