मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

Himalaya Television
२०७८ मंसिर ४ गते ९:१९

मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने

४ मंसिर २०७८ काठमाडौं । मौसम पूर्ण रुपमा खुल्न अझै केही दिन लाग्ने मौसमविद्ले बताएका छन् ।

अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभावले गत बुधबारदेखि नै देशका धेरै ठाउँको मौसम पूर्ण रुपमा खुलेको छैन । यसको प्रभाव अझै केही दिन रहने भएकाले मौसम पूर्ण रुपमा खुल्न केही दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार आज दिउँसो र राति देशका धेरै ठाउँमा बादल लाग्नेछ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपात पनि हुने देखिएको उहाँको भनाइ छ ।

दिनभरी मौसम पूर्ण रुपमा नखुल्ने र पहाडी तथा हिमाली भेगमा हिमपात पनि हुने भएकाले दिउँसोको अधिकतम तापक्रम पनि घटेर चिसो महशुस हुने मौसमविद् मानन्धरले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs