Main News

गैरआवासीय नेपाली संघको चुनाव मंसिर २९ गते हुने

हिमालय टिभी
२०७८ मंसिर ४ गते ७:५३
गैरआवासीय नेपाली संघको चुनाव मंसिर २९ गते हुने

४ मंसिर २०७८ काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थगित चुनाव मंसिर २९ गते हुने भएको छ ।

अध्यक्ष कुमार पन्तले हिजो विज्ञप्ति जारी गर्दै उक्त मितिमा अनलाइनमार्फत नयाँ नेतृत्वका लागि चुनाव हुने जानकारी दिनुभएको छ ।

यसअघि स्थगित भएको १० औं अन्तर्राष्ट्रिय महाधिवेशन आगामी पुस ४ र ५ गते काठमाडौंमा भौतिकरुपमा हुने भएको छ । महाधिवेशन प्रतिनिधिहरुको सूची निर्वाचन समितिलाई शुक्रबार नै बुझाइएको अध्यक्ष पन्तले जानकारी दिनुभयो ।

संघको निर्वाचनको लागि तयारीमा जुट्न निर्वाचन समिति तथा सबै महाधिवेशन प्रतिनिधिलाई समेत आग्रह गरिएको छ ।

यसअघि केही मुलुकको समन्वय समितिको चुनावमा धाँधली भएको भन्दै परेको उजुरीमा परराष्ट्र मन्त्रालयले तत्काल चुनाव नगर्न भन्दै एनआरएनएलाई परिपत्र गरेको थियो ।

परराष्ट्रले स्वतन्त्र संस्थालाई हस्तक्षेप गरेको भन्दै विरोध पनि भएको थियो । आगामी चुनावमा डा. बद्री केसी, कूल आचार्य र रविना थापा लगायतले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *