Main News
करसम्बन्धी समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता (भिडियो रिपोर्टसहित)
२०७८ मंसिर ३ गते १८:४१
३ मंसिर २०७८ बाँके । प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको व्यापारसँग सम्बन्धित करका समस्यालाई समाधान गर्ने बताउनुभएको छ ।
नेपाल हस्तकला महासंघको १८ औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको काठमाडौंमा आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले हस्तकला व्यापारका लागि करको समस्या समाधान गर्न सहजीकरण गर्ने बताउनुभएको हो ।
उहाँले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण बढ्ने पनि बताउनुभयो ।
प्रधानमन्त्री देउवाले हस्ताकलाको मौलिक सिप नयाँ पुस्तामा हस्तान्तरणका लागि तालिम दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया