Main News

एमालेको एकल बहुमत सरकार बन्नबाट कसैले रोक्न सक्दैन : उपमहासचिव पौडेल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते १८:२८
एमालेको एकल बहुमत सरकार बन्नबाट कसैले रोक्न सक्दैन : उपमहासचिव पौडेल (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आगामी चुनावबाट एमालेको एकल बहुमतसहितको सरकार बन्न कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गर्नु भएको छ ।

‘नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ’ ले काठमाडौंमा गरेको कार्यक्रममा उपमहासचिव पौडेलले अन्य पार्टीहरु चुनावसँग तर्सिएको आरोप लगाउदै एमालेले एकल बहुमत ल्उयाउने दावी गर्नुभयो ।

उहाँले आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने र आवश्यक पनि नरहेको बताउनुभयो ।

नेकपा एमालेले मंसिर १० देखि चितवनमा हुने १०औं महाधिवेशनको तयारी तिब्र पारेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *