Main News
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु, २९६ संक्रमित थपिँदा ३६९ संक्रमणमुक्त
२०७८ मंसिर ३ गते १६:३८

३ मंसिर २०७८ काठमाडौं । कोरोना संक्रमणका कारण आज थप ५ जनाको मृत्यु भएको छ भने २ सय ९६ जना संक्रमित थपिएका छन् ।
७ हजार ७ सय ७७ जनाको पीसीआर र १ हजार १ सय ९५ जनाको एन्टीजेन गरी कुल ८ हजार ९ सय ७२ जनामा परीक्षण गरिएकोमा २ सय ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
सबैभन्दा धेरै काठमाडौं उपत्यकामा ९१ जना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधिमा ३ सय ६९ जना संक्रमणमुक्त भएका छन् । देशभर अहिले सक्रिय संक्रमितको संख्या ७ हजार ५ सय ३९ रहेको छ ।
आज थप १ लाख ७३ हजार ४ सय ९८ जनालाई कोरोनाविरुद्धको खोप दिइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाउनेको संख्या ७८ लाख १ हजार ५ सय ६ र पहिलो मात्रा खोप लगाउनेको संख्या ९० लाख ८१ हजार ६ सय ५४ पुगेको छ ।
प्रतिक्रिया