प्रधानन्यायाधीशको राजीनामा माग्दै आज पनि सर्वोच्चमा प्रदर्शन

३ मंसिर २०७८ काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेरर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेको नेपाल बार एशोसिएशनले आज पनि प्रदर्शनलाई निरन्तरता दिएको छ ।
कानून व्यवसायीको निर्णायक भनिएको आन्दोलनलाई लक्षित गरेर सर्वोच्च अदालतमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
आज अदालत परिसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगरपालिका प्रहरीको उल्लेख्य तैनाथ गरिएको छ । बारले प्रधानन्यायाधीशलाई राजीनामा गर्नका लागि आजसम्मको अल्टिमेटम दिएको थियो ।
कार्यकक्ष प्रवेश रोक्ने भन्दै सर्वोच्च प्राङ्गणमा नेपाल बारको अगुवाइमा आन्दोलन भएपनि प्रधानन्यायाधीश राणा वैकल्पिक बाटो हुँदै कार्यालय प्रवेश गर्दै आउनुभएको छ ।
प्रधानन्यायाधीशले न्यायालयको विकृति, विसंगति र भ्रष्टाचार रोक्न नसकेको, न्यायपालिकाको गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बारले राजीनामाको बटम लाइनसहित आन्दोलन शुरु गरेको छ ।
हिजो मात्रै सर्वोच्च अदालतको फूलकोर्ट बैठकले गोलाप्रथाको माध्यमबाट मुद्दाको पेशी तोक्ने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया